Public Pana
फेसबुक लगायतमा  अचानक किन भयो  समस्या ?

सामाजिक सञ्जाल फेसबुक अचानक डाउन भएको छ। फेसबुक म्यासेन्जरमा पनि एकसाथ समस्या देखिएको छ। 

नेपालमा मंगलबार साँझ अचानक कुनै सन्देश नदिई फेसबुक एकाउन्ट लगआउट भएको छ। कयौं प्रयोगकर्ताले अचानक फेसबुक लगआउट भएपछि ह्याक भएको अनुमान गर्दै अन्य सामाजिक सञ्जालमा लेखेका छन्। 

चर्चित अनलाइन डाउन डिक्टेक्टरले अमेरिकासहित विश्वभरका प्रयोगकर्ताले फेसबुक एकाउन्ट अचानक लगआउट भएको गुनासो गरिरहेको जनाएको छ। 

 

फेसबुक एप्लिकेसन र वेब ब्राउजरबाट पनि कुनै विकल्प नदिई फेसबुक लगआउट भएको हो। धेरैले आफ्नो एकाउन्ट ह्याकिङ भएको आशंका गरिररहँदा डाउन डिक्टेटरले संसारभर समस्या देखिएको जनाएको छ। 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update