Public Pana
फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ८ विकेटको क्षतिमा १८४ रन बनाएको हो।  

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गरे।  त्यसैगरी गुलसन झाले ३४ रन, कुशल मल्लले २६ रन, कप्तान रोहित पौडेलले २५ रन, ओपनर कुशल भुर्तेलले २० रन, करण केसीले ९ रन, सोमपाल कामीले ६ रन, प्रतिश जिसीले ६ रन, दिपेन्द्रसिंह ऐरीले १ रनको योगदान गरे।  

 

खेलमा शेखले ३ छक्का र १ चौका, पौडेलले १ छक्का र ३ चौका, मल्लले ३ छक्का, झाले ३ छक्का, भुर्तेलले २ छक्का र १ चौका प्रहार गरे।  नेदरल्याण्ड्सका लागि भ्यान डेर, माइकल लेभिट, साइब्रान्ड एंगलब्रेक्ट र फ्रेड कलासेनले समान २/२ विकेट विकेट लिए।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update