Public Pana
जसपामा अध्यक्ष यादवलाई सम्मानजनक भागबण्डा लिएर मात्र सरकारमा सहभागी हुन दवाव

उपप्रधानसहित रोजेको मन्त्रालयमा आफु एक्लै जान खोजेपछि जनता समाजवादी पार्टीभित्र अध्यक्ष उपेन्द्र यादवविरुद्ध मोर्चावन्दी शुरु भएको छ । पार्टीमा छलफल र सहमति नगरि अध्यक्ष यादवले एक्लै सरकारमा जाने तयारी गरेपछि पार्टीका अन्य सांसदहरुले उनीविरुद्ध मोर्चावन्दी शुरु गरेका हुन ।

पार्टीका बहुमत पदाधिकारी र सांसदहरुले गठबन्धनमा सम्मानजनक भाग लिएर मात्र सरकारमा जाने विषय टुंगो लगाउन अध्यक्ष यादवलाई दवाव दिएका छन् ।

पार्टीभित्रको दवाव भारी पर्ने देखिएपछि अध्यक्ष यादवले सत्ता गठबन्धन नेताहरुसँग कुरा गरेर ३ मन्त्रालयसम्म दावी गर्ने र कार्यकारी वैठकबाट सहमति गरेर सरकारमा जानेको नाम टुंगो लगाउने आश्वासन दिएको जसपाका एक नेताले जानकारी दिए ।

मंगलवार साँझसम्म मन्त्रालयको नाम र संख्या टुंलो लगाउने गरि अध्यक्ष यादवले प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गरिरहेको ति नेताले बताए । उनले भने हाम्रो दावी तीन मन्त्रालय नै हो ,यदी प्रधानमन्त्रीलाई भागबण्डा मिलाउन गारो भए हामीलाई दुई मन्त्रालय र एक राज्यमन्त्री सम्म पाएपनि सहमति गर्न सकिन्छ भनेर छलफल अघि बढेको छ ।

मन्त्रालयको संख्या र कुन मन्त्रालय पाउने भन्नेवारे एकीन भएर सम्मानजनक भागबण्डा पाए मात्र सरकारमा जाने बहुमत कार्यकारीणी सदस्यको अडानपछि मंगलवार अपरान्ह ४ बजेलाई बोलाइएको कार्यकारिणी समितिको वैठक समेत भोलीका लागि सारिएको छ ।

रातीसम्म सवै बिषयलाई टुंगो लगाएर बुधवार ८ बस्ने बस्ने केन्द्रीय कार्यकारिणी समितिको वैठकले सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने उक्त पार्टीका नेताहरुले बताएका छन् । स्रोतका अनुसार अध्यक्ष यादवले परराष्ट्र वा स्वास्थ्य मन्त्रालयमा जाने चाहना राखेका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update