Public Pana
उपचारमा लापरवाही  : पीडितलाई क्षतिपूर्ति नदिई उच्च र सर्वोच्चसम्म धाएकाे थियो बयोधा अस्पताल

काठमाडौ–जिल्ला अदालत काठमाडौले काठमाडौको एक अस्पताल वयोधा अस्पतालालाई नागरिकको उपचारमा लापरवाही गरेको ठहर गरि सजाय पनि सुनाएको छ ।

जिल्ला अदाललते अस्पतालवाट पीडित भएकी महिलालाई उपचारमा लापरबाहीसम्बन्धी मुद्दामा फागुन १० गते बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले बिरामीको उपचारमा लापरबाही भएको ठहर गर्दै बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शशीकुमार झालाई दोषी ठहर गर्दै उनीहरूबाट पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । 

 याे पनि 

बयोधा अस्पतालमा उपचार लापरबाही  : अदालतले दोषी ठहर गर्दै  सुनायो  ५ लाख ५२ हजार क्षतिपूर्तिको फैसला  

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासले उपचारमा लापरबाही भएको ठहर गर्दै पीडितलाई ३ लाख ५२ हजार ८३० रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो। उक्त रकम बयोधा अस्पताल र गलत उपचार गर्ने डाक्टर शशीकुमार झाबाट भराउने गरी फैसला भएको छ ।

  तर अस्पताल भने आफ्नो गल्ती स्वीकार गरि पीडितलाई क्षतिपूर्ति दिने भन्दा एकपछि अर्को अदालत धाउने गरेको पाइएको छ । बयोधाले गलत उपचार गरेको ठहर गरि सरोकारवाला निकायवाट सिफारिस गर्दा त्यसलाई समेत वेवास्था गरेर कहिले उच्च अदालत त कहिले सर्वोच्चमा महङ्गो बकिल राख्दै मुद्दा लडेको थियो ।  
बयोधा अस्पताल उच्च अदालतमा मात्रै रोकिएन, हदम्याद नाघेर आएको मुद्दा दर्ता गरिएको भन्दै  सर्वोच्च अदालतसम्मै पुग्यो ।

बयोधा अस्पतालले लिएको जिकिरमा ‘सेवाग्राहीले रोजेको डाक्टरबाटै सेवाग्राहीको उपचार हुँदै आए अनुसार मिति २०७७।०७।०९ गते बिहान विपक्षीले इमर्जेन्सीमा उपचारका लागि आउँदा सो दिन डा. अभय यादव बिदामा रही ‘डक्टर अन कल’ मा रहेका अर्थोपेडिक्स डा. शशीकुमार झाले बिरामीलाई हेरेको दावी थियो ।

 पछि  फलोअपमा आउँदा पनि इमर्जेन्सीमा . शशीकुमार झाबाटै देखाउनुभएको कुरालाई स्वयं स्वीकार गर्नुभएकी, विपक्षीले अस्पतालले प्रत्येक डाक्टरलाई उपलब्ध गराउने अस्पतालमा रहने लेटरहेडमा एउटा डाक्टरको लेटरहेडमा अर्को डाक्टरबाट उपचार गराई ट्रिटमेन्ट रेकर्डविपरीत उपचार गराएको, स्वास्थ्य सेवालाई व्यापार बनाएको, डाक्टरको कामको निगरानी नगरेको भन्ने उजुरी बनावटी रहेको छ र विपक्षीलाई हामीले क्षतिपूर्ति दिनुपर्ने होइन । विपक्षीले दिएको उजुरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५० को म्याद भित्रसमेत नरहेकाले प्रथम दृष्टिमै विपक्षीको उजुरी खारेजभागी छ’ भनी जिकिर लिएर सर्वोच्च अदालत पुगेको थियो ।

तर सर्वोच्च अदालतले पनि बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टरको जिकिर खारेज गर्दै पीडितले औपचारिक रूपमा थाहा पाएको मितिबाट मात्रै हदम्यादको गणना हुने ठहर गर्दै बयोधाको विपक्षमा फैसला सुनायो । 
सर्वाच्चले बयोधाको जिकीर मात्र खारेज गरेन  विचाराधिन मुद्दा सुनुवाइ गरि अघि वढाउन  काठमाडौँ जिल्ला अदालतको नाममा आदेश समेत जारी ग¥यो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासबाट भएको फैसला भएको थियो । 
सर्वोच्चको फैसलाको प्रकरण २२ मा चिकित्सकीय लापरबाही र त्यसबाट उत्पन्न हुने स्वास्थ्य समस्या तत्काल वा प्रकारान्तरमा कहिले कसरी हुन्छ भन्ने विषयको पनि व्याख्या गरेको थियो । 

उपचारका क्रममा चिकित्सकीय लापरबाहीका कारण कुनै बिरामी वा उपभोक्तालाई हानि भएमा लापरबाही भएको थाहा पाएको मितिलाई नै हदम्यादको गणनाका लागि सुरुवाती मितिका रूपमा लिनुपर्ने सर्वोच्चको फैसलामा उल्लेख थियो । 
सर्वोच्च अदालतबाट समेत बयोधा अस्पताल र डा. शशीकुमार झा ले मुद्दा हारेपछि बल्ल काठमाडौँ जिल्ला अदालतमा उक्त फिरादमाथि सुनुवाइ सुरु भएको थियो । २०७९ वैशाख १२ गतेबाट बल्ल सुनुवाइको सुरुवात भएकामा २०८० फागुन १० गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उपचारमा लापरबाही भएको कारण पीडितले क्षतिपूर्ति पाउने फैसला सुनाएको हो ।

अदालतले क्षतिपूर्ति भराउँदा भने उपचारका लागि विभिन्न अस्पतालमा भएको खर्चलाई मात्रै क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । उपचारमा क्रममा भएको सबै अस्पतालको खर्च बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शशीकुमार झाबाट नै भराउने गरी फैसला भए पनि यातायात, खानपिन तथा उपचारका क्रममा लापरबाही भएको कारण बिदामा बस्नुपरेको समयको तलब भने भराउन अस्वीकार गरेको छ । 

फिरादमा विपक्षी बनाइएका डा. अभय यादवलाई भने सफाइ दिइएको छ । अस्पतालले टिकट काट्दा अभय यादवबाट उपचार गराउने भनी टिकट दिएको भए पनि उपचारमा उनी संलग्न नभएकाले उनले अभियोगबाट सफाइ पाएका हुन् । फैसलाको पूर्णपाठ भने आउन बाँकी नै रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update