Public Pana
सरकारमा सहभागी हुने जसपाकाे निर्णय, काे हाेला मन्त्री ?

जनता समाजवादी पार्टी, (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ। 

केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले पार्टी सङ्घीय सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

 

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन मङ्गलबार पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक पुनः बस्ने उनले बताए।याे निर्णयसगै जसपामा मन्त्री बन्ने दाैड शुरु भएकाे छ । यसअघिकाे सरकारमा अशाेक राई मन्त्री थिए भने अव उपेन्द्र यादव आफै मन्त्री हुने चर्चा पनि रहेकाे छ  । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update