Public Pana
तीन विना विभागिय मन्त्रीले लिए सपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । 

 

 

तीन मन्त्रीले सोमवार राष्ट्रपति कार्यालयमा शपथ लिएका हुन् ।​  तीनै जनाले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।

 

गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र अर्याल श्रम तथा रोजगार मन्त्री थिए ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update