शीतल निवास पुग्यो प्रचण्डको पत्र, ५ बजे नयाँ मन्त्रीको शपथ
नयाँ मन्त्रीहरूको शपथ पाँच बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका हुन् ।
पाँच बजे शपथ भनेर प्रधानमन्त्री कार्यालयबाट पत्र राष्ट्रपति कार्यालयमा आइपुगेको र सोही अनुसार अपराह्न ५ बजे तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
आज तीन जना विना विभागिय ना मन्त्रीले शपथ लिने तयारी छ ।
कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा जाने तयारी छ ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १५:३२
प्रतिक्रिया दिनुहोस्