Public Pana
प्रधानमन्त्रीले राष्ट्रपति भेट्न पुगे शितल निवास, तामाङ, गिरी र अर्यालकाे सपथ गराउने जानकारी 

काठमाडाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबिच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
 
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । शितल निवास स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

आज पाँच बजे शपथको कार्यक्रम आयोजना गराइ दिन प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयलाई अनुराेध गरेका छन् । शितल निवासले  भने छलफल गरेेर खवर गर्ने वताएकाे  छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update