Public Pana
देउवाले वैठकमा भने  ‘हाम्रा मन्त्रीले किन राजिनामा दिने ? ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वसनिय रुपमा गठबन्धन तोडेको बिफ्रिङ गरेका छन्। सोमबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाएका हुन्।   

बैठकपछि कांग्रेस प्रमुख सचेतक लेखकले एक्कासि र विश्वास नै गर्न नसकिने गरी गठबन्धन तोडेको सभापतिले पदाधिकारी बैठकमा जानकारी गराएको बताए। उनले अरु विस्तृत समीक्षापछि बसेर गर्ने पनि उनले बताए।  

 

‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनुभयो। अब हामी प्रतिपक्षमा रमाउछौँ। कांग्रेसले गठबन्धन नतोडेको भन्दै  सभापतिले नयाँ रणनीतिले पार्टी अघि बढ्ने बताउनुभयो,’ लेखकले सभापतिको भनाइ उदृत गर्दै भने, ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौं भन्थ्यौं। अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौं।’ उनले भने। गठबन्धन प्रधानमन्त्रीले तोडेको भन्दै कांग्रेसका मन्त्रीले आफैँ राजीनामा पनि नदिने उनले बताए।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update