Public Pana
केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण बनाएर जाने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो ।  

बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने, ‘नयाँ गठबन्धनको प्रसङ्ग आएको छ । मन्त्रिपरिषद् र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुन्छ । प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउँछौँ ।’  

त्यसका लागि नयाँ गठबन्धनको बैठक बसिरहेको उनको भनाइ छ । एमालेसहितको नयाँ सत्ता समीकरणले वामपन्थी एकताको दिशामा लैजाने उनको भनाइ छ । ‘अहिले पार्टी एकताको कुरा त चलेको छैन । यो कदमले त्यस दिशातिर लैजान्छ । वामपन्थी ध्रुवीकरणतिर लैजान यो कमल चालिएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ 

उनले समाजवादी मोर्चा पनि निरन्तर रहने बताए । ‘माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने हाम्रो निर्णय छ । विप्लवजीलाई पनि समेट्छौँ । यसमा एमाले पनि सकारात्मक नै छ,’ उनले भने ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update