Public Pana
चितवनकी शालिन पोखरेलको बलत्कार पुष्टी भएर, मृत्यु झुण्डिएर भएको पोष्टमार्टम रिपोर्ट

चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ। पोखरेलको मृत्युको कारण ह्यागिङ भएको पोष्टमार्टम रिपोर्टले देखाएको प्रहरीले दावी गरेको छ ।

पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पताल गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो।

गत शनिबार बिहान रत्ननगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने सालिन मृत फेला परेकी थिइन्। बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।

चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अहिले सामाजिक सञ्जालमा शालिनको मृत्यु प्रकरणले तातेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।

शालिन रत्ननगर-१० को एकता निकेतनको होस्टेलमा दुई वर्षदेखि बस्दै आएकी थिइन्। उनी १० वर्षदेखि मावली घरमा हजुरआमासँग बस्दै आएकी थिइन्।

बुवा-आमाले डिभोर्स गरेपछि उनी एक्लिएकी थिइन्। उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमतीसाथ बस्दै आएका छन्। आमा भने पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमा बस्दै आएकी छिन्।

उनको बलत्कारपछि हत्या गरिएको भन्दै विभिन्न तप्काबाट घटनवारे अनुसन्धान गरि दोषीलाई कारवाही गर्न आवाज उठिरहेका बेला आइतवार आएको पोष्टमार्टम रिपोर्टले उक्त घटनालाई थप रहस्यमय बनाएको छ । 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update