Public Pana
आजकाे मौसम : यी प्रदेशमा हुनेछ वर्षा र हिमपात

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। अहिले बिहान देशभर साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने र बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। 

 

देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update