Public Pana
मछिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि

मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ । मछिन्द्रले फाइनलमा एनआरटी क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै उपाधि जितेको हो । पेनाल्टी सुटआउटमा एनआरटीका विवेक गुरुङले पेनाल्टी मिस गरेपछि खेल मछिन्द्रले जितेको हो ।
मछिन्द्रले लगातार दोस्रो पटक केपी ओली कप जितेको छ । निधारित समय ९० मिनेटको खेलमा दुवै क्लबले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको भने विहिबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update