Public Pana
नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा पुग्न सफल


नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी(२० आई सिरिजको फाइनलमा पुग्न सफल भएको छ ।

अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ ।
टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५।२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो ।

नेदरल्यान्ड्सले दिएको लक्ष्य १५ ओभरभित्र पूरा गरे नेपाल रनरेटमा नेदरल्यान्ड्सभन्दा अघि बढ्ने समीकरण रहेको थियो । यसमा सफल नभएपनि पोजिटिभ रन रेट भएपछि नेपाल १ खेल अगावै फाइनल पुगेको हो । अंक तालिकाको शीर्ष दुई टोली फाइनल पुग्ने प्रावधान रहेको छ ।

हाल अंक तालिकामा नेपाल र नेदरल्यान्ड्सको ४(४ तथा नामिबियाको २ अंक छ । आजको जितले नेपालको रनरेट पोजेटिभ भएको हो । अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । उक्त खेलको नतिजाले मंगलबार हुने फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेल र गुलशन झाले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । 


रोहितले ३३ बलमा ४६ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवै एकै ओभरमा आउट भएपछि नेपाल केहि समस्यामा परेको थियो । किंगमाले तेस्रो ओभरको तेस्रो बलमा कुशललाई १२ रनमा क्याच आउट गराए । त्यसपछि आसिफ पाँचौ बलमा ८ रन जोडेको अवस्थामा बोल्ड भए । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update