Public Pana
पोखरामा आज विहान मोटरसाइकल दुर्घटनामा परि कैलालीका दुई युवाको मृत्यु

कास्कीको पोखरामा मोटरसाइकल दुर्घटनामा कैलाली टिकापुरका दुई जनाको मृत्यु भएको छ ।

व्यावसायको काममा पोखरा पुगेका कैलाली टिकापुरका ३१ बर्षिय सुनील् उपाध्याय र २८ बर्षिय महेश आचार्य सवार मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्कीएर दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

sunil-1709363347.jpeg
मृतक सुनील उपाध्यायको फेसबुकबाट लिइएको तस्वीर

आज विहान करिब ३ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ललितपुरमा व्यवासाय गर्दै आएका सुनील व्यवसाय विस्तारका लागि पोखरा गएका थिए ।

काठमाण्डौंस्थित गौरीशंकर होस्टेलमा बसेर जापान जाने तयारी गरिेरहेको भतिज नाता पर्ने महेश पनि  घुम्नका लागि सुनीलसँगै पोखरा गएका थिए । तिव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update