Public Pana
नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै

 त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत कीर्तिपुरस्थित क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । 

 नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यससँगै  नेपालले पहिला फिल्डिङ गर्नेछ । नेपालले आजको खेलमा एक खेलाडीलाई परिवर्तन गरेको छ । आजको खेलमा अनिल शाहको स्थानमा कुशल भुर्तेललाई समेटिएको छ ।

नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख छन् ।

शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपाललाई आजको खेल जित्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिवियालाई तीन रनले हराउँदै फाइनलको सम्भावना नेपालले कायमै राखेको छ । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update