Public Pana
देउवाले पार्टी पदाधिकारीलाई ब्रिफिङ गर्दै भने  ‘ सवै मन्त्रि हेरफेर  हुनसक्छ तयार रहनुस् ’

काठमाडाै- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषदमा हेरेफेर हुने जानकारी आफ्नो पार्टीका पदाधिकारीहरुलाई गराएका छन्।

 बुढानिलकण्ठस्थित निवासमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बोलाएर देउवाले बाध्यताले मन्त्री फेर्नुपर्ने अवस्था आएको बताए। 

अहिले नै मन्त्री फेर्ने नहुने अडान राखे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तत्काल फेरिहाल्ने पक्षमा रहेकाले अब रोक्न नसक्ने देउवाको भनाइ थियो।  

 

‘प्रचण्डले छिटो मन्त्रिपरिषद् पुनर्गठन गरौँ भनिराख्नुभएको छ, साथीहरुलाई बनाइहालियो कसरी बदल्ने? एउटादुइटा मात्र बदल्ने कुरा पनि भएन। कोही मन्त्री राम्रै काम गरिरहेका छन्,’ देउवाको भनाइ उधृत गर्दै एक पदाधिकारीले भने, ‘फेरि प्रधानमन्त्री प्रचण्डले भनिसकेपछि गठबन्धनका दलहरुमा छलफल गरेर सहमति गर्नुपर्ला।’

प्रचण्ड सरकारमा कांग्रेसबाट ९ मन्त्री छन्। उपसभापतिद्वय खड्का रक्षा र गुरुङ कानुनमन्त्री छन्।  प्रधानमन्त्री प्रचण्डले एक हप्ताभित्र नयाँ मन्त्रीको नाम पठाउन गठबन्धन दललाई भनिसकेका छन्।  

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update