Public Pana
नेपाल आइपुग्यो वाफको उपविजेता टोली, प्रीति र रश्मि ह्वीलचेयरमा देखिए

साउदी अरबमा बिहीबार राति सम्पन्न वाफ वुमन्स च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ। 

फाइनल भिडन्तमा उत्कृष्ट प्रदर्शन गरे पनि टाइ ब्रेकरमा जोर्डनसँग ५-३ ले पराजित भएर नेपाली टोली पहिलो अन्तर्राष्ट्रिय उपाधिबाट चुकेको थियो।

May be an image of 4 people

नेपाली महिला टोली शुक्रबार राति विमानस्थलमा अवतरण गर्दा अखिल नेपाल फुटबल संघका अपध्यक्ष पंकजविक्रम नेम्वाङ र संघीय सांसद् तोसिमा कार्कीसहितले स्वागत गरेकी थिइन् । 

विमानस्थलमा अतवरण गरेपछि नेपाली टोलीलाई खेलअधिकारी र उनीहरूका आफन्तले पुष्पगुच्छा र खादा-मालाले स्वागत गरे।

नेपाल फर्किएका महिला टोलीका सदस्यहरू रश्मि तामाङ र प्रीति राईलाई ह्वीलचेयरमा स्वागत गरियो। 

रश्मि र प्रीति दुवै जोर्डनविरुद्धको फाइनल भिडन्तमा घाइते भएका थिए। त्यहीकारण उपचारका क्रममा रहेका उनीहरू दुवैजना ह्वीलचेयरमै एयरपोर्टबाट बाहिरिएका थिए ।  

नेपाली महिला टोलीले वाफसहित ११ औँ प्रतियोगिताको फाइनल खेलेर पनि उपाधिबाट बिमुख हुनु परेको छ। 

 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update