Public Pana
नेपालले  नामिबियालाई दियाे १८१ रनकाे लक्ष्य 

नेपालले टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा  पहिले ब्याटिङ गर्दै १८१ रनकाे लक्ष्य दिएकाे छ । 
नेपालले टस हारेर ब्याटिङ गर्दै १ सय ८० रन बनाएकाे हाे ।  नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएकाे हाे । 
शुरुवात राम्राे हुन नसकेपनि पाँचौँ विकेटका लागि आरिफ शेख र कुशल मल्लले ८५ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासेपछि नेपालले सम्मानजनक लक्ष्य दिएकाे हाे ।  

कुशल मल्ल ५४ रनमा नटआउट रहे।  उनले  ३६ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए ।  २४ बलमा ४ चौका प्रहार गरेका आरिफ १७ औँ ओभरको तेस्रो बलमा ३१ रन बनाउँदा क्याच आउट भएका थिए ।

कुशल भुर्तेललाई बेञ्चमा राखिएकाे खेलमा अ‍ोपनर अनिल साह २३ रन बनाउँदै पेभेलियन फर्के। १७ बलमा ३ छक्का हानेका अनिल छैटौँ ओभरको अन्तिम बलमा जान निकोल लोफ्टी इटोनको बलमा विकेट किपरबाट हातबाट क्याच आउट भए। 

गुलशन झाले २६ र कप्तान रोहित पौडेलले १० रन थपे। १६ बलमा १ चौका र ३ छक्का हानेका गुल्सन एलबीडब्लु धरापमा परे। दीपेन्द्रसिंह ऐरी १६ रन बनाउँदा एलबीडब्लु धरापमा परे। ८ बलमा २ चौका हानेका दिपेन्दू वेन सिकाकोको बलमा एलबीडब्लु आउट भए। 

करण केसी ७ र सोमपाल काकी २ रनमा क्याच आउट भए। ओपनर आशिफ शेख १ रनमा नै आउट भए। प्रतिश जिसी १ रनमा नटआउट रहे। नामिवियाविरुद्धको पहिलो खेलमा २० रनले पराजित भएको थियो। सिरिजमो दोस्रो खेलमा नेदरल्याण्डससाग २ रनले पराजित भएको नेपाललाई फाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update