Public Pana
नामिबियाविरुद्ध कुशल मल्लले बनाए अर्धशतक

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी नामिबियाविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान कुशल मल्लले अर्धशतक बनाएका छन् ।

 

 

छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतले अर्धशतक बनाएका हुन् । १९ वर्षीय कुशल मल्लले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो ।

उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन् । नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर एक सय ४८ रन बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update