Public Pana
बयोधा अस्पतालमा  उपचार  लापरबाही  : अदालतले दोषी ठहर गर्दै  सुनायो  ५ लाख ५२ हजार क्षतिपूर्तिको फैसला 

काठमाडौ– काठमाडौको बयोधा अस्पतालमा एक विरामीको उपचारमा लापरवाही भएको पाइएको छ।  अस्पतालले टिकट एउटा डाक्टर को नाममा काटेको अनि अर्को डाक्टरले उपचार गरि गलत औषधी एवं उपचार गरि विरामीलाई हानी नोक्सानी पुर्याएकाे पाइएको हो ।

उक्त कुरा जिल्ला अदालत काठमाडौले ठहर गरेको छ । जिल्ला अदालतले उपचारमा लापरवाही भएको निष्कर्ष निकाल्दै  पीडितलाई पुगेको क्षति अनुसार क्षतिपूर्ति भराउन समेत भनेको छ।  उपचारमा लापरवाही गर्नेमाथि भएको यो निर्णय ऐतिहासिक छ ।  
उपचारमा लापरबाही गरेको कसुरमा बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर दुवै दोषी ठहर भएका छन् । उपचारमा लापरबाहीसम्बन्धी मुद्दामा यही फागुन १० गते काठमाडौँ जिल्ला अदालतले यो फैसला सुनाएको हो ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले बिरामीको उपचारमा लापरबाही भएको ठहर गर्दै बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शशीकुमार झालाई पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।  अदालतले पूर्णपाठ सार्वजनिक गरेको छ पूर्णपाठमा अझै विस्तृत व्याख्या गर्दै अस्पतालको बारेमा टिप्पणी गर्ने छ।  

काठमाडौँ जिल्ला अदालतका  अनुसार अनुसार न्यायाधीश घिमिरेको इजलासले उपचारमा लापरबाही भएको ठहर गर्दै पीडितलाई ५ लाख ५२ हजार ८३० रुपैयाँ क्षतिपूर्ति भराउने भनिएको छ । उपभोक्ताको हकमा यो ऐतिहाकि फैसला भएको र अस्पताललाई पनि कुनै न कुनै रुपमा यसमा निर्देश गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए । 
विरामीको उपचारमा लापरवाही हुदाँ सिङ्गो डाक्टरमात्र दोषी हुदैन कतै न कतै अस्पताल पनि दोषी हुनुपर्ने उनको तर्क छ। यसले गर्दा अस्पतालहरुलाई गलत उपचार रोक्न दवाव हुने उनको विचार छ। जिल्ला अदालतले उक्त रकम बयोधा अस्पताल र गलत उपचार गर्ने डाक्टर शशीकुमार झाबाट भराउनु भनेको छ । 
के थियो घटना 
सामान्य दुर्घटनामा घाइते भई  उपचारका लागि वल्खुस्थित बयोधा अस्पतालमा चन्द्रागिरिकी पल्लबी श्रेष्ठ पुगेकी थिइन् ।  डाक्टरले गलत डायग्नोसिस गरी उपचार गर्दा पल्लबीको घाउमा इन्फेक्सन भई हलचल गर्नै नसक्ने अवस्थामा पुसिन । सामान्य ड्रेसिङ गर्नुपर्ने अवस्थामा डाक्टरले अनेक सिफारिस गरि अध्याधिक खर्च गराउने काम समेत गरेको र उपचार पनि गलत गरेको दावी उनले मुद्दामा गरेकी छन् । बयोधामा झन जोखिम भएपछि उनी त्यहाँवाट ग्वार्कोको बीएण्डबी अस्पताल पुगिन ।

त्यहाँपनि उपचार नहुने जानकारी पाएपछि उनी भारतको आहुजा अस्पतालमा उपचार गराएकी थिइन् । त्यहाँ उपचार गराउँदा मात्रै पल्लबीले आफ्नो गलत तरिकाले उपचार भएको र डाक्टरले गलत डायग्नोसिस र औषधी चलाएको जानकारी पाइन् । 
भारतवाट फर्के लगत्तै उनले नेपाल मेडिकल काउन्सिलमा उजुरी गरिन् ।  छानबिनमा बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शशीकुमार झाले उपचारमा लापरबाही गरेको पुष्टि भयो ।  त्यसलगत्तै उनले काठमाडौँ जिल्ला अदालतमा क्षतिपूर्ति र गलत उपचार गर्ने अस्पताल तथा डाक्टरलाई कारबाहीको माग गर्दै उनले मुद्दा दायर गरिन ।  उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालका डाक्टरले लापरबाही गरेका कारण आफूले लामो समय उपचार गर्नुपरेको र त्यसबापत ठुलो आर्थिक क्षति बेहोरेको  दावी पल्लबीले काठमाडौँ जिल्ला अदालतमा गरेकी थिइन् ।  बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टरलाई विपक्षी बनाउदै उपभोक्ता हित संरक्षण ऐन अन्तर्गत रही क्षतिपूर्तिको मुद्दा दायर गरेकी थिइन् ।
सो मुद्दामा बयोधा अस्पताल ‘हदम्याद नाघेका कारण खारेज हुनुपर्ने’ माग गर्दै रिट लिएर उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो । तर सवै अदालतवाट अस्पताल असफल भएको थियो । 
जिल्लाले त्यही मुद्दामा अन्तिम फैसला सुनाउदै अस्पताल र डाक्टर दुवैलाई दोषी ठहर गरेको हो । यसको विस्तृत भने फैसलाको पूर्णपाठमा उल्लेख हुने छ। २०७९ वैशाख १२ गतेबाट बल्ल सुनुवाइको सुरुवात भएको थियो ।

२०८० फागुन १० गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उपचारमा लापरबाही भएको कारण पीडितले क्षतिपूर्ति पाउने फैसला सुनाएको हो । अदालतले क्षतिपूर्ति भराउँदा भने उपचारका लागि विभिन्न अस्पतालमा भएको खर्चलाई मात्रै क्षतिपूर्ति भराउने फैसला सुनाएको छ  । उपचारमा क्रममा भएको सबै अस्पतालको खर्च बयोधा अस्पताल र त्यहाँ कार्यरत डाक्टर शशीकुमार झाबाट नै भराउने गरी फैसला भए पनि यातायात, खानपिन तथा उपचारका क्रममा लापरबाही भएको कारण बिदामा बस्नुपरेको समयको तलब भने भराउन अस्वीकार गरेको छ । 
(अर्को श्रृखलामा हामी कसरी लापरवाही भयो र कति खर्च भयो भनि लेख्ने छौ ) 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update