Public Pana
काठमाडौँमा हल्का हुस्सु

काठमाडौँ उपत्यकाका यतिबेला आज बिहीबार बिहान हल्का हुस्सु लागेको छ। 

तर यो बिहान ९ बजेपछि क्रमशः हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

‘अहिले (बिहान ६ः२० बजे) काठमाडौँ उपत्यकाको भिजिबिलिटी ४ किलोमिटर छ’, महाशाखाले उल्लेख गरेको छ, ‘यो  भनेको त्यति नराम्रो होइन।’

महाशाखाका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा छ। ‘खासै बादल छैन’, महाशाखाले भन्यो, ‘त्यसैले काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा नै छ भन्नुपर्छ।’

आज दिनभर उपत्यकाको मौसम मुख्यतया सफा नै रहने सम्भावना छ। ‘आजलाई त्यस्तो मौसम बदली र वर्षाको सम्भावना देखिएको छैन’, महाशाखाले बतायो ।


यसैबीच आज बिहान ५ः४५ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस देखिएको छ। बुधबार उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस छ।

अघिल्लो बिहीबार भएको मौसम बदली र वर्षाले केही दिन घटेको काठमाडौँ उपत्यकाको तापक्रम फेरि बढ्न थालेको हो। 

यस्तै आज उपत्यकाको अधिकतम तापक्रम २२ देखि २४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले बतायो ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update