Public Pana
भक्तराज आचार्यको अन्तेष्टीमा भिभिआइपीको लर्को, प्रधानमन्त्रीद्वारा श्रद्धा सुमन व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । 

उपचारका क्रममा सोमबार निधन भएका आचार्यको पार्थीव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् । 

आचार्यको पार्थीव शरीर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्ड पुगेर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न बिशिष्ट व्यक्तिसहित शुभेच्छुकहरु पनि पुगेका छन् ।  आचार्यको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update