Public Pana
नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

 नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको हो ।

नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए । उनले ३३ बलमा शतक बनाउदै टी-२० मा कम बलमा शतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यस अघि नेपालका कुशल मल्लले ३४ बलमा बनाएको शतक टी-२० को रेकर्ड थियो ।  

त्यस्तै मलान क्रुगेरले ५९ ,माइकल भान लिंगेनले २० रन बनाएका थिए ।

नेपाली बलर रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update