Public Pana
त्रिकोणात्मक टी-२० सिरिज: नेपालले टस हार्‍यो पहिले बलिङ गर्दै

 त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नामिबिया विरुद्ध नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ। टस जितेर नामिबियाका कप्तान जेजे स्मिटले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

यसअघि एक दिवसीयमा खेलमा नेपाल दुई पटक नामिबियासँग पराजित भएको थियो। आजको खेलमा उक्त हारको बदला लिने नेपालको रणनीति हुनेछ। 

नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन्। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गतको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुँदैछ।

 

फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्सबीच तेस्रो खेल हुनेछ। मार्च १ तारिखमा नेपाल र नामिबियाबीच चौथो तथा मार्च २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच पाँचौँ खेल हुनेछ। छैटौँ खेल मार्च ३ तारिखमा नामिबिया र नेदरल्यान्ड्सबीच खेलिनेछ।

२०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स टी–२० विश्वकपमा छनोट भएका छन्।

नेपालको टोली
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक कुमार यादव, गुलशन झा, दीपेन्द्र सिंह ऐरी।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update