Public Pana
शौचालयमा महिलाको गोप्य तस्बिर खिच्ने डीएसपी २५ हजार धरौटीमा छुटे

महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

स्वयम्भुस्थित एक रेस्टुरेन्टको शौचालयमा महिलाको गोप्य तस्बिर तथा भिडिओ खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

 

जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले केसीलाई धरौटीमा रिहा गर्न  आदेश दिएको हो। डिएसपी केसी फागुन ५ गते पक्राउ परेका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update