Public Pana
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक आज मंगलबार बस्दै छ।

बैठक आज बिहान साढे आठ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
आइतबार अपराह्न बसेको पदाधिकारीको अनौपचारिक बैठकले आजको लागि स्थायी समिति बैठक तय गरेको हो।प्रवक्ता सापकोटाका अनुसार आइतबारपार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए।

हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ। 


तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए। माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

पब्लिक पानासँग कुरा गर्दै प्रवक्ता सापकोटाले भने, 'सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचि लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ। समसामयिक राजनीतिक विषयमा पनि सत्ता साझेदार दलसँगको छलफलका आधारमा निर्णय गरिने छ ।'

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update