Public Pana
गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ।

उहाँका दुई छोरा सत्य र स्वरुप आचार्य पनि संगीत क्षेत्रमा चर्चित छन् । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update