Public Pana
राष्ट्रिय सभाको अध्यक्ष  काग्रेसलाई नदिने माओवादीकाे भनाइ

काठमाडाै- नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीकै हुने बताए ।   

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले राष्ट्रिय सभाको ठूलो दलको हिसावले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताइन । उनले हालसम्म गठबन्धन दलहरुका बिचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमती नभएको स्पष्ट पारिन ।  उनले आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै राष्ट्रिय सभा अध्यक्ष आफूहरुकै हुने बताइन ।  ‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रा हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रुपमा कसैको पनि सहमती भएको छैन । संस्थागत सहमती भएको छैन । ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शुन्य हुन्छ । त्यो हाम्रै हुन्छ ’ उनले भनिन् ।  

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले काँग्रेसले महासमिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको बारेमा पार्टीको स्थायी समिति बैठकमा छलफल हुने बताउदै उनले काँग्रेस महासमिति बैठकमा जनयुद्ध लगायतका कतिपय विषयमा प्रश्न गरेका हुनाले त्यसमा आफूहरुको आपत्ति रहेको बताइन ।

 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update