Public Pana
जनमत पार्टीले सांसद गोमा लाभलाई गर्‍यो निष्काशन, संसद् सचिवालयलाई दियो जानकारी

 जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई निष्काशन गरेको छ। उसले पार्टीको विधान बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट कारबाही गरी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो।

जनमत पार्टीले कारबाहीको जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ। पार्टी अध्यक्ष सीके राउतले सोमबार प्रेषित गरेको पत्रमा सम्बन्धित सदन वा सभामा पेश गर्न अनुरोध गरेका छन्। 

 

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३४ मा संघीय संसद् सदस्य रहेको सदस्यलाई दलले निष्काशन गरेमा त्यसको निर्णयसहितको सूचना सचिवालयलाई दिनुपर्ने उल्लेख छ। अब सभामुखले सदनमा त्यसबारे जानकारी गराएपछि उनी पदमुक्त हुनेछिन्।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update