Public Pana
आजवाट बजेटमाथि छलफल शुरु हुदै

प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजे बस्दैछ। बैठकमा सरकारले प्रि-बजेट छलफलका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत गर्दैछ।

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

सरकारको नयाँ बजेट तालिका अनुसार आगामी आवको बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्‌मा पेस हुन लागेको हो।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्। राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधयेक टेबुल गरिनेछ।


साथै, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पति भएको विद्युत व्यापार विकेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update