Public Pana
एसीसी प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा

ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसीसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ ।

एसियाली क्रिकेट परिषद (एसीसी) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी समूह ए मा रहेका छन् । समूह बी मा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।

अप्रिल १२ देखि २१ सम्म चल्ने टि२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसिया, दोस्रो खेल कतारसँग खेल्नेछ । तेस्रो खेल हङकङसँग खेलेपछि समूहको अन्तिम खेल १७ अप्रिलमा साउदीसँग हुनेछ ।

दुवै सेमिफाइनल १९ अप्रिलमा छ । फाइनल खेल २१ अप्रिलमा रहेको छ । २२ अप्रिल रिजर्भ डे पनि राखिएको छ ।

प्रतियोगिताको विजेताले एसीसी एसिया कपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update