Public Pana
चितवनमा एक सिङ्गे गैँडा मृत फेला
फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा आज मृत गैँडा फेला परेको हो ।

मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले राससलाई जानकारी दिए ।

उनका अनुसार मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update