Public Pana
मिटरव्याज पिडितसँग वार्ता गर्न सरकारले बनायो समिति

सरकारले मिटरव्याज पिडितसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । 
मिटरब्याज पीडितसँग वार्ता गरि ममस्या समाधानका गर्न भन्दै गृह मन्त्रालयले सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन लिखित रुपमै आह्वान गरेको छ ।  मन्त्रालयले समितिका अध्यक्षसहित मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिलाई वार्ता आह्वानका लागि लिखित पत्राचार गरेको मन्त्रालयले जनाएको छ । 
पत्रमा पीडितका तर्फबाट ५ सदस्यीय टोली गठन गरेर छलफलमा आउन भनिएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update