Public Pana
आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालको तेस्रो  हार

आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो खेलमा हार बेहोरेको छ । त्रिभुवन बिश्वविद्यालय क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्समाथि ८ विकेटको जित दर्ता गरेको हो ।

खराब ब्याटिङका कारण सिरिजका चारमध्ये तीन खेलमा नेपालले हार व्यहोर्नुपरेको छ । नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि सिरिजको पहिलो खेल खेलिरहेका विक्रमजित सिंहले व्यक्तिगत अर्धशतकसँगै साइब्रान्ड एंगलब्रेक्टसँग शतकीय साझेदारीका साथ जितको आधार तय गरे ।

यससँगै नेपालले लिग(२ अन्तर्गत घरेलु मैदानमा ३ हार बेहोरेको छ । गत संस्करणमा लिग(२ को १२ घरेलु खेलमध्य १० खेल जितेको नेपालले यसपटक भने घरेलु रेकर्डमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिसकेको छ ।

लिग(२ तालिकामा नामिबियाको ६ अंक छ । नेदरल्यान्ड्सको ४ अंक तथा नेपालको २ अंक रहेको छ । अब नेपालले लिग(२ अन्तर्गत सेप्टेम्बरमा क्यानडा र अक्टोबरमा अमेरिकाको भ्रमण गर्नेछ ।

नेदरल्यान्ड्सका लागि विक्रमजितले नटआउट ५८ रन जोडे । उनले ९२ बलमा ७ चौका प्रहार गरे । एंगलब्रेक्टले ७५ बलमा ३ चौकासहित नटआउट ४६ रन बनाए । यी दुईले तेस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरे ।

त्यसअघि पहिलो विकेटका लागि माइकल लेभिट र म्याक्स ओ डाउडले ६१ रनको आक्रामक साझेदारी गरेका थिए । लेभिट ३४ बलमा ३९ रन जोड्दै आठौँ ओभरमा दीपेन्द्र सिंह ऐरीबाट बोल्ड भए । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

१२ औं ओभरमा म्याक्स ललित राजवंशीको बलमा कट बिहाइन्ड भए । उले २६ बलमा २ चौका र २ छक्कासहित २८ रन जोडे । तेस्रो विकेटका लागि विक्रमजित र एंगलब्रेक्टले बलियो साझेदार गर्दै जित पक्का गरे ।
आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सले नवौं ओभरमा पहिलो विकेट गुमायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरेका थिए। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

यस्तै अर्का ‌ओपनर म्याक्स ओुडाउद २८ रन जोडेर आउट भए। उनलाई नेपालका ललित राजवंशीले विकेटकिपर आसिफ शेखबाट स्टमपिन गराए। 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update