Public Pana
‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस

राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस गरिएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेस गरेका हुन्।

विधेयक पेस गर्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात् उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधि सभा पेस गर्नुपरेको स्पष्ट पारे। 

 

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधि सभामा पेस गर्दछु।’

उपप्रधानमन्त्री श्रेष्ठले पेस गरेको विधेयकबारे प्रतिनिधि सभामा छलफल हुनेछ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update