Public Pana
संसद्‍मा माओवादी-राप्रपा जुहारी

आइतबार प्रतिनिधिसभा बैठकमा एकपछि अर्का सांसदले बोलेको शब्दप्रति नियमापत्ति गरेका छन्। 

सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी ज्ञानेन्द्रबहादु शाहीले बोलेको शब्दप्रति नेकपा माओवादी केन्द्रका एक सांसदले आपत्ति जनाए। 

सांसद शाहीले बोल्ने क्रममा ‘घाँटी रेट्ने’ कुरा गरेको भन्दै माओवादी सांसद् हितराज पाण्डेले नियमापत्ति गरे। 

 

‘अहिले जसरी बहसमा शब्दहरू प्रयोग भएका छन्। घाँटी रेट्ने कुरा जसरी आएका छन्। यो संसदीय अभ्यास अनुसार छैनन्। यसमा मेरो नियमापत्ति छ,’ उनले भने। 

सांसद शाहीले आफू जनताबाट निर्वाचित भएको भन्दै ८–९ वर्षका बच्चाको घाँटी रेटेर नआएको दाबी गरेका छन्।

गत शुक्रबार बसेको बैठकमा माओवादी सांसद सापकोटाले आफ्नो राजीनामा मागेपछि आक्रोशित भएका सांसद शाहीले संविधान पढेर मात्रै बोल्न चुनौती समेत दिएका थिए। 

सांसद शाहीले बोल्दैगर्दा माओवादी सांसद पाण्डे उठेर नियमापत्ति गरेका थिए। 

पाण्डेले नियमापत्ति जनाइरहँदा सत्तापक्षकै अर्का सांसद सुनिल शर्माले उठेर हात उठाए। उनलाई सभामुख इन्दिरा रानाले समय दिइन्। 

सांसद शर्माले एउटा सांसद बोल्दैगर्दा अर्को सांसद तुरुन्तै बोल्न नपाइने भन्दै आफ्नो नियमापत्ति रहेको जनाए। 

‘एउटा सांसद बोलिरहँदा राज्यपक्षमा बसेको सांसदले तुरुन्त नियमापत्ति, म एरेस्ट भएर आउँदा पनि यस्तै गर्नुभएको थियो। अहिले पनि यस्तै गर्नुभएको छ। यो गर्न पाइँदैन,’ उनले भने। 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update