Public Pana
नेदरल्यान्ड्सका दुवै ओपनर गुमायाे

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्ध नेदरल्यान्ड्सका दुवै ओपनर आउट भएका छन्। 

ओपनर म्याक्स ओ डाउड ३९ रन बनाउँदा क्याच आउट भए। १२ औँ ओभरको चौथो बलमा ओ डाउड ललितको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए।

त्यसअघि दिपेन्द्र सिंह ऐरीले नवौँ ओभरको चौथो बलमा ओपनर माइकल लेभिटलाई बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

 

नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको नेदरलयाण्डस्ले १२ ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ७१ रन बनाएर खेलिरहेको छ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३ बल अगावै १ सय ७२ रनमा अलआउट भयो।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update