Public Pana
नेदरल्याण्डलाई नेपालले दियाे १७३ रनकाे मध्यम लक्ष्य

आईसीसी क्रिकेट वर्ल्डकप  लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

ओपनर कुशल भुर्तेलको अर्धशतक मदतमा त्रिवि मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको छ । 

 

ब्याटिङमा संघर्ष गरेको नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै ८ चौका प्रहार गरे । यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडे । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई अलआउट गर्न डचका लागि भिभियन किंगमा र आर्यन दत्तले ३-३ तथा बास डी लिडले २ विकेट लिए ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update