Public Pana
गोली चलाएको अभियोगमा ४ जना प्रहरी नियन्त्रणमा

वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि अनुसन्धानमा समस्या आउन सक्ने भन्दै उनीहरुको परिचय भने गोप्य राखिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले भने उक्त विषयमा अनुसन्धान भइरहेको रातोपाटीलाई जानकारी दिए । शनिवार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, देउतिथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो । यद्यपि गोली उनी चढेको गाडीमा लागेको प्रहरीले जनाएको छ। 

गिरी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला सदस्य समेत हुन् । फागुन १३ गतेदेखि वीरेन्द्रनगरका सञ्चालन हुने महोत्सवको विषयमा रहेर विवाद सिर्जना भएको आशंका गरिएको छ। सुर्खेत उद्योग वाणिज्य संघको आयोजनाका हुन लागेको उक्त महोत्सवको ठेक्काको विषयलाई लिएर दुर्ई समुहबिच विवाद भएको देखिन्छ।

 पक्राउ गरिएकामध्ये केहि भारतीय सुटर पनि रहेको बताइएको छ। प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update