Public Pana
प्रतिनिधिसभा बैठक आज बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक पेश हुने

प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा  बिहान ११ बजे बस्ने छ । 

 

 

बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

7855

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update