Public Pana
प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा लेवानोनसँग खेल्ने

सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ ।

साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक-एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो ।

 

 

समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ए को उपविजेता लेवानोनसँग खेल्नेछ । यस्तै नेपालसँग हारेपछि समूह बी को उपविजेता बनेको प्यालेस्टाइनले समूह ए को विजेता तथा सर्वाधिक ५ पटकको च्याम्पियन जोर्डनको सामना गर्नेछ ।

नेपाल र प्यालेस्टाइन यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । त्यसैले यो खेल समूह विजेताको बन्नको लागि थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update