Public Pana
मेलम्ची बजारमा अनधिकृत संरचना हटाउन नगरपालिकाले चलायो डोजर

 सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले मेलम्ची बजारमा सडक पेटी मिचेर बनाइएका संरचना हटाएको छ।

शनिबार बिहान मेलम्ची नगरपालिका-११ स्थित सडकपेटी मिचेर बनाइएका संरचना हटाउन नगरपालिकाले डोजर चलाएको हो।

melamchi-(1)-1708763971.jpg
नगरप्रमुख आइतमान तामाङले बिहान सडकपेटी मिचेर बनाइएका भर्‍याङ, छानो, होर्डिङबोर्ड लगायतका संरचना हटाइएको जानकारी दिए।

 

३५ दिने सूचना जारी गरेर हटाउन भनिए पनि नहटाइएपछि नगरपालिकाले डोजर लगाएर हटाएको  उनले बताए। 

मेलम्ची बजारमा सय भन्दा बढी घरहरूले सडकपेटी अतिक्रमण गरी संरचना बनाएपछि नगरपालिकाले ती संरचना भत्काउँदै आएको थियो।

melamchi-(2)-1708763971.jpg
‘केहीले यसअघि आफैं भत्काए, केही नगरपालिकाले भत्कायो। बाँकी रहेका घरहरूले अटेरी गरेपछि हामीले डोजर चलाएका हौं,’ नगप्रमुख तामाङले भने।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update