Public Pana
एमालेले माग्दैमा राजिनामा नदिने गृहमन्त्री श्रेष्ठकाे टिप्पणी

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो राजीनामा मागिएको विषय आफ्नो जानकारीमा नभएको बताएका छन्। 

शनिबार सप्तरीमा पत्रकारहरूसँग कुरा गर्दै उनले मन्त्रीको राजीनामा माग्नु प्रतिपक्षको धर्म भएको बताए।  उनले एमालेले राजिनामा मागेकै भरमा राजिनामा दिन जरुरी नहुने पनि दावी गरे । 

 

‘राजीनामा माग्न पाउनु प्रतिपक्षका साथीहरूको आफ्नो धर्म हो। उहाँहरूले औचित्यपूर्ण ढंगले मागे राम्रो’, उनले भने।

पछिल्ला दिनमा सदनमा प्रतिपक्षी दलहरूले गृहमन्त्री श्रेष्ठको समेत राजीनामा माग्ने गरेका छन्।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update