Public Pana
हलिउड अभिनेता - तीन सन्तान र तीन पत्नीका टम प्रेमिकाबाट अलग

हलिउड अभिनेता टम क्रूज केही समयदेखि आफू भन्दा २५ वर्ष कान्छी रसियन सामाजिक अभियन्ता एल्सिना खैरोवासँग डेटका कारण चर्चामा थिए । यही चर्चाबीच उनीहरुको ब्रेकअप भएको समाचार सार्वजनिक भएको छ ।

सञ्चारमाध्यमका अनुसार दुवैबीच धेरै गहिरो सम्बन्ध बन्न नपाउँदै दुवैले अलग्ग्निे निर्णय लिएका हुन् ।

टम ३६ वर्षीया एल्सिनासँग डेटमा रहेको र उनी एल्सिनाकै अपार्टमेन्टमा बस्ने गरेको समाचार बाहिरिएका थिए । उनीहरु रोमान्सको अवधिमा अधिकांश समय सँगै देखिन्थे ।

यो महिनाको सुरुवातमा यो जोडी लण्डनमा सँगै देखिएका थिए । तर अब भने उनीहरुले एक–अर्कासँग अलग्गिने निर्णय लिएका छन् । एल्सिनाले केही समयअघि मात्र आफ्ना सन्तानसँग टम क्रुजलाई भेटाएकी थिइन् । आफ्ना सन्तानलाई भेटाएको केही दिन बित्न नपाउँदै उनीहरु अलग्गिएका हुन् ।

टम तीन सन्तानका पिता हुन् । उनले तीन विवाह गरेका छन् । यसका बाबजुद पनि अहिले उनी सिंगल छन् । उनले मिमी रोगर्ससँग सन् १९८७ मा पहिलो विवाह गरेका थिए । विवाहको दुई वर्षपछि सन् १९९० मा उनीहरु अलग्गिए ।

यसपछि टमको जीवनमा निकल किडमनका प्रवेश भयो । तर उनीहरु सन् २००१ मा अलग्गिए । त्यसको पाँच वर्षपछि टमले सन् २००६ मा केटी होम्ससँग विवाह गरेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update