Public Pana
चर्च ब्वाइजमाथि केपी ओली फुटबल क्लबको ३-० को शानदार जित

केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब  (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ।
एन्फा कम्लेक्समा सम्पन्न खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३- ० गोल अन्तरले पराजित गरेको हो।
केपी एफसीका लागि जय गुरुङले २ तथा फोडे फोफानाले एक गोल गरेका थिए। 
यो जितपछि अब केपी एफसीले फागुन १५ गते जावलाखेल युथ क्लबसँग खेल्ने छ।
त्यसैगरी प्रतियोगितामा फागुन १३ गते आइतबार एनआरटी र थ्रीस्टार तथा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच गरी दुई खेल हुने छन्।   
 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update