Public Pana
थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरेर महिला फरार

काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन् । 
 
शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीलृ खोजिरहेको छ । 

बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् ।  दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ । 
 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update