Public Pana
एमाले सहितका प्रतिपक्षले गरे संसद अवरुद्ध ,बैठक १५ मिनेट स्थगीत

प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरुद्ध गरेको छ। सरकारले आफूहरुले उठाएको कुरा सम्वोधन नगरेको भन्दै एमालेले उठेर अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले आकास्मिक समय सकेर नियमित कार्यसुचिमा प्रवेश गरेको जानकारी दिए लगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका सांसदहरुले उठेर विरोध गरेका हुन् ।

सभामुख घिमिरेले पटक पटक संसद शुचारु गर्नका लागि आग्रह गरेपनि उनीहरुले नमानेपछि अवरुद्ध भएको हो ।  सभामुखले पटक पटक आग्रह गर्दा पनि प्रतिपक्ष तयार नभएपछी  वैठक १५  मिनेटका  लागि स्थगीत गरिएकाे छ ।  
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update