Public Pana
नेकपा एमालेले संसदमा आज पनि माग्यो तीन मन्त्रीको राजिनामा

काठमाडाै-  प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरुको राजिनामा माग गरेको छ। एमालेले संसद शुरु भएदेखि नै लगातार रुपमा तीनमन्त्रीको राजिनामा माग गरेको हो । नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले संसद शुरु भए लगत्तै विशेष समय लिएर बोल्दै सरकारमा सहभागी भएका तीन मन्त्रीवारे तत्काल प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे ।

उनले बालकुमारी घटना निकै गम्भीर रहेको र त्यसमा संलग्न रहेको भनि दोषी देखिएका मन्त्रीलाई हालसम्म कारवाही नगरिएको भन्दै संसद चल्न दिन नसकिने बताए । उनले वालकुमारी घटना इपियसमा परिक्षा दिन गएका विद्यार्थीहरुमाथि जसरी दमन गरियो अनि घटना भयो तर सरकारका मन्त्री झन्डा हल्लाउदै भिडलाई उत्तेजित बनाएको आरोप उनले लगाए ।

मन्त्रीहरु जाने बाटोमा सुरक्षाको अवस्था कस्तो छ भनेर जानकारी हुदाँ हुदै त्यही वाटोवाट हिड्दा परिस्थिति उत्तेजित भएको उनको दावी छ । प्रधानमन्त्रीसँगको प्रश्नउत्तरमा यो विषय उठेको र जवाफ दिदाँ वालकुमारी घटनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्यु नभनेकाले हत्या भएको दावी गरे । उक्त हत्या सरकार जिम्मेबार रहेको उनले दावी गरे ।

उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई दोषी सरकारले बनाएको आयोगले नै ठहर गरेकाले उनी पदमा बस्न मिल्दैन भनि दावी गरे । ‘यसरी नैतिक रुपमा दोषी मन्त्री पदमा बस्न मिल्दैन ’ उनले भने ‘हत्या हो भनेर प्रधानमन्त्रीले भनेपछि गृहमन्त्रीले नैतिक जिम्मेबारी लिन पर्छ कि पर्दैन ।

आयोगको प्रतिवेदन किन संसदमा आएन । किन सार्वजनिक भएन ’ त्यस्तै उनले टेरामिक्स घटनामा करोडौ घोटालामा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत दोषी भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएकाले पदमा बस्न नमिल्ने उनले दावी गरे । उनले वहालवाला मन्त्री झन्डा हल्लाएर अख्तियार जाने अनि पदमा पनि वस्दा प्रभावित पार्न सक्छन त्यसैले पदमा बस्न मिल्दैन ।

त्यस्तै उनले संस्कृति पर्यटनमन्त्री सुदान किरातीको पनि राजिनामा माग गरे । उनले लुम्विनी विकास कोषको रामग्रामको जग्गा लिजमा दिने जस्तो गम्भीर कार्य गर्ने व्यक्ति मन्त्रीको रुपमा बस्न नमिल्ने दावी गरे । ९९ वर्षमा लिज दिने निर्णय मन्त्रीले गरेका कारण वहाँको नैतिक जिम्मेबारी हुने भएकाले पदमा बस्न नमिल्ने उनको दावी छ।

‘तीन जना मन्त्रीहरुको सम्वन्धमा संसद चलिरहेको समयमा प्रधानमन्त्रीले जानकारी दिनपर्छ ’ उनले भने ‘काठमडौमा मीटरब्याज पीडितहरु आएको तर कारवाही नभएकाले सरकारको ध्यानाकर्षण गराउँछौ । ’ त्यस्तै व्याज तिर्न पर्दैन भनि खुल्लम खुल्ला गतिविधि गर्नेमाथि पनि कारवाही गर्न उनले माग गरे ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update