Public Pana
Breaking : उच्च अदालत पाटन  पुगे क्रिकेटर सन्दिप लामिछाने

जिल्ला अदालत काठमाडाैकाे फैसलालाई चुनाैती  दिदै क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।  
क्रिकेटर  लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला त्रुटीपूर्ण भएकाले सफाइ पाउनुपर्ने माग अघि सारेका छन् । विहिबार पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटनमा लामिछाने आफै  पुगेका छन् ।  अस्पतालवाट डिसचार्ज भएका उनी अदालत मुद्दा दर्ताका लागि आफ्ना कानुन व्यवसायीसहित पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् । पुनरावेदनको फैसला नआउञ्जेल उनी जेल बस्नुपर्ने छैन ।

दुई दिनअघि मात्रै शल्यक्रिया गराएका सन्दीप अदालत आउँदा शारीरिक रूपमा केही कमजोर देखिएका छन् । दाइ बालकृष्ण लामिछानेको हात समातेर उनी अदालतभित्र प्रवेश गरेका थिए । वकिल सरोज घिमिरेसहित उनीहरू एउटै गाडीमा अदालतसम्म गएका थिए । अदालतमा उनकाे मुद्दा दर्ताकाे प्रक्रियामै रहेकाे छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update